
सचिता बुढाथोकी, अर्थ नेपाल
काठमाडौं /पाँचथर हात्तीपोखरी स्थायी घर भएका बसन्त बुढाथोकीलाई २ महिना अघि किर्तिपुर चाल्नाखेलमा माइक्रोबसले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए । काडमाडौंमा सामान्य मजदुरी गरेर जिवीकोपार्जन गर्ने बुढाथोकी घर फर्कने क्रममा माइक्रो बसले ठक्कर दिएको थियो ।
३७ वर्षिय बुढाथोकीको माइक्रो बसको ठक्करबाट उनको तल्लो भाग नै नचल्ने भएको छ । आमा सानैमा गुमाएको र बुवा पनि विरामी भएका र आर्थिक अवस्था नाजुक हुँदा उनको उपचारमा समस्या भएको छ । विर अस्पतालको ट«मा सेन्टर ब्लक ए को पाँचौ तल्लमा पाँच सय सात बेडमा उनलाई उपचारको लागि राखिएको छ । मेरुदण्ड भाचिएका बुढाथोकीको बुरुवा र पैसाको अभावमा उपचारमा ढिलाई भएको छ । उनको उपचारमा ढिलाई हुदा छटपटाई रहेका छन् ।
शल्यक्रिाया गर्नको लागि कुरुवा र पैसााको अभावले उनको समयमा उपचार हुन सकिरहेको छैन् । हाल उनको सामान्य उपचार मात्र भएको छ । १८ वर्ष देखि काठमाडौमा डकर्मीको काम गर्दै आएका बुढाथोककिो कुलेश्वर स्थ्ति प्रेमा फर्निचरमा काम गर्थिए । डकर्मी पेशाा गर्ने बुढाथोकीको तल्लो भाग नचलेपछि पिसाब फेर्न चिकित्सकले क्याथेटर जोडिदिएका छन् । उपचारमा संलग्न न्युरोसर्जन डा. गौरव ढकालले विरामीको बुरुवा नहुँदा उपचार रोकिएको बताएका छन् ।
उहाँलाई तत्काल कुरुवा र आर्थिक सहयोगको आवश्यक परेको हुँदा विभिन्न सरकारी , गैरसरकारी , राष्टिय , अन्तर्राष्टिय तथा अपाग्गमैत्री संघ संस्थाबाट सहयोग गर्न उनले अपिल गरेका छन् । उनलाई नेपाल बैंक डील्ली बजार शाखा खाता नम्बर०३२०१००००६३२८९०००००१ वा ०३२१००००६३२८९००००० मा आर्थीक सहयोग गर्न आग्रह गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij