२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल टेलिकमको अफरलाई निरन्तरता

नेपाल टेलिकमको अफरलाई निरन्तरता

2.6K
Shares

काठमाडौं/नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न प्रकारका अफरलाई निरन्तरता दिएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज छन् ।
गत भदौ ५ देखि १९ गतेसम्म उपलब्ध गराइएका यी अफरहरु उपभोक्ताले अत्यधिक रुपमा रुचाएकाले भदौ २० गतेदेखि आगामी असोज ४ गतेसम्म लिन सक्ने गरी निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने जनाइएको छ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुने पनि टेलिकमले जनाएको छ ।

डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध छ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध छ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुने जनाइएको छ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधीसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधीसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ ।

युट्युब डाटा प्याकेज लिनका लागि वाईटी १ जीवी वा वाईटी ५०० एमवी लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने टेलिकमले जनाएको छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि प्याक १५० वा प्याक २५० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने र अफरका दररेटहरु करसहितका रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij