२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रजातान्त्रिक यातायात व्यवसायी संघमा कर्माचार्य

प्रजातान्त्रिक यातायात व्यवसायी संघमा कर्माचार्य

2.5K
Shares

अर्थ नेपाल संवाददाता
पोखरा /नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको सभापतिमा योगेन्द्रवहादुर कर्माचार्य सर्वसम्मत भएका छन् ।
संघको पोखरामा सम्पन्न प्रथम अधिवेशनले कर्माचार्यको सभापतित्वमा आगामि ४ वर्षको लागि ३५ सदस्सिय केन्द्रीय समिति चयन गरेको हो ।
संघको उपसभापतिमा अर्जुन रानाभाट र केन्द्रीय उपाध्यक्षमा विजयवहादुर स्वाँर रहेका छन् । त्यसैगरि ७ वटै प्रदेशका उपाध्क्षहरुमा राजेन्द्र रिजाल, हरिनारायण दाहाल, रामप्रसाद सुवेदी,यामकान्त भण्डारी, पुष्पा श्रेष्ठ, विष्णु खड्का र उपेन्द्र विष्ट छन् । महासचिवमा केदार पौडेल,सचिव सुरेश हमाल, कोषाध्यक्षमा राजेन्द्रविक्रम वानिया र सहकोषाध्यक्षमा टेकराज जोशी चयन भएको संघका गण्डकी अञ्चल सचिव अमृत शर्मा तिमिल्सनाले जानकारी दिए । अधिवेशनको नेपाली काँग्रेसका महामन्त्री डा.शसाङ्क कोईरालाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij