२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पर्यटकीय नगरी पोखरामा महिला पर्यटन मञ्च गठन

पर्यटकीय नगरी पोखरामा महिला पर्यटन मञ्च गठन

2.9K
Shares

अर्थ नेपाल संवाददाता
पोखरा/ पर्यटकीय नगरी पोखराका पर्यटनसँग सम्बन्धी विभिन्न क्षेत्रका महिलाहरुले सहभागीतामा महिला पर्यटन मञ्च गठन भएको छ ।
होटल, रेस्टुरेन्ट, ट्राभल्स ,ट्रेकिङ मनी चेञ्जर पाराग्लाइडिङ ट्रेकिङ सप,बुक सप गार्मेन्टस लगायत पर्यटनसँग सरोकार राख्ने सँस्थाहरुमा काम गरिरहेका महिला संगठीत भएका हुन ।
सस्थाको अध्यक्षमा जमुना पराजुली, उपाध्यक्षमा पार्वता पाण्डे, र रेनु थापा, सचिवमा उमा भण्डारी, सहसचिवमा ममता न्यौपाने, कोषाध्यक्षमा कान्ति अधिकारी र सहकोषाध्यक्षमा लक्ष्मी लामिछाने चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शर्मिला न्यौपाने, प्रभा सुवेदी, उमा काफ्ले, नितु थापा, मुना पौडेल, मञ्जु कार्की, माया सुवेदी, भावना रानाभाट, शारदा भुजेल र कमला गुरुङ चयन भएका छन् ।
मञ्चको बरिष्ट सल्लाहाकारमा वरिष्ठ पर्यटन व्यावसायी देबका पहारी, सीता पहारी, पम्फा पहारी , लक्की क्षेत्री र गोमा ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij