
अर्थ नेपाल संवाददाता
काठमाडौं / मोडर्न तयारी पोशाक उद्योगको रुपमा २०५१ सालमा कञ्चनपुर महेन्द्रनगरबाट सेवा प्रारम्भ गरेकोे उद्योगले ‘सुटमाण्डू’ले काठमाण्डौको पुतलिसडकमा पाँचौ सेवा केन्द्रको रुपमा सञ्चालनमा ल्याउने भएको छ ।उक्त ‘सुटमाण्डू’ सेवा केन्द्रको भदौ १८ गते आइतबार एक विशेष कार्यक्रमका बिच उद्घाटन कार्यक्रम रहेको छ ।
नेपालीहरुको महान चाड दशैको आगमनसंगै सेवाग्राहीलाई मौलिक पोशाक पस्कने उदेश्यले ‘सुटमाण्डू’ सञ्चालनमा ल्याएको सञ्चालक प्रकाश दर्जीले जानकारी दिए ।
हामी सामानको गुणस्तर ग्राहकको सुन्तुष्टि र आवश्यकतामा कुनै कम्प्रोमाइज गर्दैनौ उनले भने । सुटमाण्डूले गुणस्तर र सन्तुष्टि भएकोले आफ्नो सेवामा कुनै सेवाग्राहीले गुनासो गर्ने ठाउँ नरहने उनले बताए ।
यसअघि २०६३ सालमा कैलालीको धनगढीमा मोडर्न तयारी पोशाक, २०६७ सालमा मोडर्न महिला फेशन जोन धनगढी र २०६९ सालमा सुटगढी धनगढी स्थापना भएको थियो । आफ्नो ब्राण्डप्रतिको ग्राहक आकर्षणलाई थप महत्व दिँदै यसको विस्तारमा जुटेको सञ्चालक दर्जीको भनाई छ ।
मोडर्न तयारी पोशाक उद्योगको लोकप्रियता र साथीको सम्बन्ध थप उचाइमा राख्न म पनि यस व्यवसायमा जोडिएको हुँ’ सञ्चालक सुन्दर थापाले भने । मोडर्नले नाफामुखी व्यसायीक उद्योग मात्रै नभई यसले सामाजिक भेषभूषा र संस्कृति प्रर्वद्धनमा पनि सहयोग गर्दै आएको छ । उनले आफूले आर्जन गरेको नाफाको केही अंश सामाजिक कार्यमा लगाउने उनीहरुले बताए । ‘सुटमाण्डूले आर्जन गरेको नाफाबाट निश्चित रकम सामाजिक सेवामा योगदान गछौं’ सञ्चालक थापाले भने ‘यस अघि पनि गरिरहेकै हो ।’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij