
अर्थ नेपाल संवाददाता
पोखरा/ पोखरा उद्योेग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार रुपनारायण ढकाल पुरस्कृत हुनु भएको छ । दि हिमालयन टाइम्सका पोखरा संवाददाताको रुपमा कार्यरत ढकाललाई संघका पूर्व अध्यक्ष वसन्त उदास संयोजक रहेको छनौट समितिले पुरस्कृत गर्ने निर्णय गरेको थियो । संघको ६३ औँ वार्षिक अधिवेशनको क्रममा प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ढकाललाई सम्मानपत्रसहित नगद २५ हजारले सम्मानित गर्नुभएको हो ।
उत्कृष्ट बस्तुगत सम्मान फेन्सी तथा रेडिमेड संघलाई
पोखरा उद्योग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट बस्तुगत संघ सम्मान २०७४ बाट फेन्सी तथा रेडिमेड व्यवसायी संघ, पोखरा सम्मानित भएको छ । संघको ६३ औँ वार्षिक अधिवेशनको क्रममा प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले फेन्सी तथा रेडिमेड व्यवसायी संघ, पोखराका अध्यक्ष केशवबहादुर खत्रीलाई सो सम्मान प्रदान गर्नुभएको हो ।
लक्ष्मी विद्यापदकबाट कोइराला र भण्डारी सम्मानित
लक्ष्मी हाउसद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित लक्ष्मी विद्यापदक तथा पुरस्कार २०७३ बाट सो वर्ष स्नातक ( बिबिए) तर्फ सर्वोत्कृष्ट अंक ल्याउने पोखरा कलेज अफ म्यानेजमेण्टका छात्र कृष्ण भण्डारी तथा स्नातकोत्तर( एमविएस ) तर्फ पृथ्वीनारायण क्याम्पसका छात्र सुनिल कोइरला सम्मानित सम्मानित हुनु भएको छ । पोखरा उद्योग वाणिज्य संघको ६३ औँ वार्षिक अधिवेशनका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उहाँहलाई नगद क्रमशः १५ र २५ हजारसहित मेडल र सम्मानपत्रले सम्मानित गर्नुभएको हो । वि.सं. २०५६ सालदेखि संचालन भएको यस लक्ष्मी विद्यापदक हालसम्म १९ पटक प्रदान गरिसकिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij