२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विद्यार्थीलाई दक्ष बनाउने गरी सिकाउँछौं

विद्यार्थीलाई दक्ष बनाउने गरी सिकाउँछौं

2.1K
Shares

अहिले नेपालमा महिलाहरु व्युटिसियन तालिम लिएर आफ्नै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । विगत १२ वर्षदेखी व्युटिसियन तालिम प्रदान गर्दै आएको गुण व्युटिसियन ट्रेडिङ सेन्टरका प्रबन्ध निर्देशक एवं प्रशिक्षक गुण ताम्राकारसंग मनोज थापाले गरेको कुराकानी :

गुण व्युटिसियन ट्रेडिङ सेन्टरको बारेमा भन्दिनुस न ?
हामी बेसिक, एडभान्स र स्पेशल प्याकेज बनाएर ट्रेडिङ दिन्छौं । पार्लर व्यवसाय गर्ने र विदेशमा जान चाहनेहरुलाई लक्षित गरेर ट्रडिङ दिइरहेका छौं । गुण व्युटिसियन ट्रेडिङ सेन्टर सिटिभिटिबाट मान्यता प्राप्त संस्था हो । हामी विद्यार्थीलाई दक्ष बनाउने गरी सिकाउने गर्दछौं । विद्यार्थीका लागि आवश्यक सम्पूर्ण सुविधा हामीसंग छ । साथै कोर्ष पुरा गरेका विद्यार्थीहरुलाई रोजगारीको अवसर पनि दिन्छौं । विद्यार्थीलाई सिकाउने कुरामा कुनै पनि सम्झौता गर्दैनौं ।

प्रतिस्पर्धा कस्तो छ ?
अहिले प्रतिस्पर्धा बढेको छ । अझ सिक्दै गरेका व्यक्तिहरुले पनि ट्रेडिङ सेन्टर भनेर खोलिदिने गर्नाले नराम्रो सन्देश गएको छ । केहि ट्रेडिङ सेन्टरले थोरै पैशामा सिकाउने पनि गर्नु भएको छ । तर यो एकदम सम्बेदनशिल कुरा हो । तर हामीले उत्पादन गरेका विद्यार्थीहरु संसारको जुनसुकै कुनामा गएर पनि काम गर्न सक्ने हिसावले मेहनतका साथ सिकाइरहेका छौं । पैसा भन्दा पनि त्यहाँबाट कस्तो ज्ञान पाइएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

विद्यार्थीहरु के उद्देश्य लिएर सिक्न आउनु हुन्छ ?
नेपालमा बसेर आन्मनिर्भर बन्न चाहने, विदेश जान चाहनेहरु बढि आउनु हुन्छ । ६ महिनाको कोर्षमा पढ्नु पर्दछ । व्युटिसियन तालिम अहिले दिदिबहिनीहरुको लागि आम्दानीको राम्रो क्षेत्र हो ।

कस्तो अवसर छ ?
यसमा राम्रो अवसर छन् । व्युटिपार्लर खोल्न सकिन्छ भने अहिले विभिन्न इभेन्टहरु हुने भएको हुँदा व्यक्तिगत रुपमा पनि मेकअफ आष्र्टिसको रुपमा काम गर्न सकिन्छ । अहिले दिदिबहिनीहरुलाई रोगगारीको अवसर मिलेको छ । जसको कारण आकर्षण बढेको छ ।

विद्यार्थीले के कुरामा ध्यान दिनु पर्दछ ?
यो सम्बेदशिल पेशा हो । हेयर, स्कृन सम्बन्धी राम्रो ज्ञान लिनु पर्दछ । त्यसैले सिक्ने ठाउँमा कस्तो छ, सिकाउने प्रशिक्षक देखी सबै कुरामा ध्यान दिनु पर्दछ । हामी चाहि ट्रेडिङ मात्र दिन्छौं । त्यसका लागि आवश्यक प्राक्टीकल रुम, सैद्धान्तीक ज्ञानका लागि छुट्टै कक्षाको व्यवस्था छ । यो एउटा कोर्ष हो र राम्रो संग अध्ययन गर्नु पर्दछ । पार्लर र ट्रेडिङ सेन्टर एकै ठाउँमा राख्दा सिक्नु पर्ने जति हो त्यहाँबाट सिक्न सकिदैन । हामी विद्यार्थीहरुलाई व्युटिसियन कोर्षसगैं व्यक्तित्व विकासका कुराहरुका पनि ज्ञान दिन्छौं । अहिले विभिन्न कम्पनिहरुले अफिसियल रुपमा नै मेकअफ आष्र्टिस राख्ने भएको हुँदा त्यस कुरामा पनि ध्यान दिएका छौं ।

व्युटिसियनहरुले कमसल सामग्री प्रयोग गर्छन भन्ने आरोप पनि छ नी ?
व्युटिसियन पेशामा लागेका दिदिबहिनीले त्यस कुरामा धेरै ध्यान दिनु पर्दछ । नक्कली र सक्कली चिन्न गाह्रो हुने अवस्था छ । सरकारी निकायहरुबाट नक्कली सामानहरुको विक्री वितरणमा रोक्नु पर्दछ । हामी चाहि सिधै कम्पनिबाट मगाउँछौं । हाम्रा विद्यार्थीहरुलाई हाम्रै कम्मेटिक सामग्रीको प्रयोग गर्न दिन्छौं । विद्यार्थीहरुलाई विभिन्न कस्मेटिक कम्पनिका व्यक्तिहरुलाई बोलाएर त्यसका बारेमा शिक्षा दिने गरेका छौं । उपभोक्ताले पनि आफुले प्रयोग गर्न लागेका कस्मेटिक सामग्रीहरुको बारेमा बुझ्न जरुरी छ ।

राज्यबाट कस्तो अपेच्क्षा राख्नु भएको छ ?
सरकारले ट्रेडिङ सेन्टरको अनुगन गर्नु पर्दछ । नक्कली कस्मेटिक सामग्रीहरुको विक्रि वितरण गर्नेलाई कारबाही गर्नु पर्दछ ।

अन्त्यमा ?
यो पेशा भनेको कहिले पनि सिकेर नसकिने क्षेत्र हो । म आफै पनि सिक्दैछु । दशैं पछि पनि विदेश जादैछु । नयाँ कुरा सिकेर विद्यार्थीहरुलाई सिकाउने नै जीवनका लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij