२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गाउँ–गाउँबाट उठ

गाउँ–गाउँबाट उठ

3.8K
Shares

रामेश श्रेष्ठ
सुप्रसिद्ध जनवादी गायक

सुप्रसिद्ध जनवादी गायक रामेश श्रेष्ठको घरमा सानैदेखी सांगीतिक वातावरण थियो । दिदिहरु सितार बजाउनु हुन्थ्यो । उनी आफै पनि गीत संगीत सुन्न औधि रुची राख्दथे । तर आफै भविष्यमा गएर संगीत क्षेत्रमा लाग्छु भन्ने सोचेका चाहि थिएनन् । बुबा कर्णबहादुर श्रेष्ठ सरकारी जागिरमा थिए । बुबाको जागिरको सिलसिलामा उनको जन्म पाल्पा जिल्लाको तानसेनमा भएको हो । बुबाको जागिर जताजता सरुवा हुन्थ्यो उनी त्यतै जानु पथ्र्यो । २०१८ सालमा बुबाले अवकाश पाए पछि रामेश पुख्यौली थलो ओखलढुङ्गा फर्किए ।
उनीमा विस्तारै संगितको रस बस्दै गयो । २०१९ सालमा रेडियो नेपालले राष्ट्रिय लोकदोहोरी सम्मेलन आयोजना ग¥यो । उनले ओखलढुङ्गा जिल्लाको प्रतिनिधित्व गर्दै गाउने अवसर पाए । उनको साथमा थिए । अहिलेका अर्का सुप्रसिद्ध गायक रायन श्रेष्ठ । उनीहरुको गायनबाट वरिष्ठ गायक तथा संगीतकार नातिकाजी प्रभावित भए । अरुको भन्दा बेग्लै स्वादका स्वर भन्दै नातिकाजीले प्रंशसा गर्दै गाउँका लोकगित संकलन गरेर आउन सल्लाह दिए । गाउँमै शिक्षण पेशामा रहेका उनीहरुले २०२१ सालमा गाउँका मौलिक लोकगित संकलन गरेर रेडियो नेपालमा गाउन आए । उनै नातिकाजीले सहयोग गरे । तिन वर्ष रेडियो नेपालमा गित गाए । पारिश्रमिकमा हिनामिना भएर विवाद भए पछि छाडे ।
त्यसपछि उनको सांगितिक जीवनले नयाँ बाटो लियो । साहित्यकार पारिजातको सहयोगमा सांगितिक यात्रा अघि बढ्यो । राल्फा सांगितिक समुहका लागि गाउन थाले । हाम्रो देश धेरै पछि परेको अनुभुति गर्दै जनताका गितहरु गाउन सुरु भयो । गित संगितको माध्यमबाट जनताको पक्षमा काम गर्नु पर्छ भन्ने भावनाको विकाससगैं रामेशले आफ्नो प्रतिभालाई जनतामा सर्मपित गरे ।
रामेश र उनको समुहमा वाम झुकाव बढ्दै गयो । तर कहिले पनि कुनै पार्टीको झण्डा बोकनन्  । देशका कुना कुना कन्दरामा गएर गित गाए । नेपालबाट राजतन्त्र हटाए मात्रै जनताले न्याय पाउने विश्वास दृढ हुँदै गएकाले जनतामा जागरण पैदा गर्ने गितहरु गाउँदै हिड्न थाले । तर त्यतिबेलाका शासकहरुले उनको सांगितिक अभियानलाई स्वीकार गर्दैनथ्यो । कार्यक्रम विथोल्ने र आयोजकलाई पक्राउ गर्ने क्रम चलिरहन्थ्यो ।
जनताका जीवन बदल्न हिडेका रामेशलाई कुनै पनि सत्ता र शक्तिको तागतले रोक्न सक्ने कुरै थिएन । आफ्नो लक्ष्यमा उनी अडिक थिए । बरु मर्न तयार थिए झुक्न तयार थिएनन् । पञ्चायती व्यवस्थाले दमन गरेपछि उनलाई वामपन्थि पार्टीहरुले संरक्षण गरे । त्यतिबेला उनलाई वामपन्थि पार्टीहरुले देश बनाउँछन् भन्ने विश्वास थियो ।
रामेशका गितहरुमा जनताको अन्तरआत्माको आवाज हुन्छ । दुःख, पीडा, संघर्ष, बेदना र करुणाले भरिएका गितले जनतालाई आर्कषित गर्दथ्यो । नारी प्रति सम्मान प्रकट हुन्थे । बुबा आमाहरुलाई आदर हुन्थ्यो । जनतालाई जागरण र उर्जा दिने गितहरुले शासकहरुको छाति पोल्थ्यो । रामेश र उनका समुहका सदस्यहरुको हत्या प्रयाससम्म नभएको होइन । धेरै जोखिम मोलेर पनि उनका पाइलाहरु रोकिएनन् । निरन्तर अघि बढिरह्यो ।
अहिलको परिर्वतनमा रामेशहरुको गलाको पनि ठुलो योगदान छ । तर परिर्वतनको नेतृत्व गर्ने नेताहरुमा पुरानो संस्कार यथावत रहेको उनको अनुभव छ । उनी भन्छन्–‘जनतालाई सोध्दा थाहा हुन्छ, अहिले पञ्चायति व्यवस्थाा भन्दा पनि तल्लो स्तरको अवस्था छ । तर हामी अहिले पनि जनतासगैं छौं ।’
सिङ्गो जीवनको उर्जाशिल समय परिर्वतनको अभियानमा खर्चिएका रामेश अहिले दिक्क छन् । राजाले भन्दा पनि निकृष्ट काम अहिलेका नेताहरुले गरेकोमा उनी दुःखी छन् । आफ्नै स्वार्थमा लिप्त नेताहरुको गलत कामकै कारण दिनहुँ सैयौ युवाहरु विदेशीएको देख्दा उनलाई पीडा बोध भइरहेको छ । परिर्वतनका लागि लडेका नेताहरु आफै विकृत बन्नु वास्तवमै नेपालको ठुलो दुभाग्र्य हो । भन्छन् –‘जनताको बलिदानको कुनै अर्थ भएन ।’
तरपनि रामेशले हरेस खाएका छैनन् । जनतामा देखिएको ठुलो चेतनाले पाँच वर्षमा परिर्वतन अनुभुति हुनेमा उनी आशावादी छन् । युवाहरु राजनीतिक आस्थाका आधारमा झगडा गर्नुको बदला देशको विकासमा केन्द्रीत हुनु पर्ने उनको सुझाव छ ।
जीवनमा धेरै संघर्ष र दुःख गरेका रामेश जीवनलाई सुन्दर बददान ठान्छन् । प्रकृतिको सुन्दर उपहारलाई दुरुपयोग गर्न नहुने उनको मान्यता छ । गित संगित मनोरञ्जन मात्र नभई चेतना प्रवाह गर्ने शसक्त माध्यम भएको उनको बुझाई छ । तर यसलाई महत्व नदिएको उनी खिन्न छन् ।
राजनीतिक पार्टीले तयार पार्ने गित र आफुहरुले गाएका गितहरुमा निकै फरक भएको उनको भनाई छ । माया प्रेमको गित मात्रै होइन राम्रो कामका लागि प्रेरित गर्ने गित संगितको आवश्यकता उनले देखेका छन् । हजार हाराहारीमा गित गाएका रामेशलाई सांगितिक यात्रामा सधै परिवारको साथ रह्यो । देशलाई घर र ३ करोड नेपालीलाई परिवार मान्ने रामेश बुबा कर्णबहादुर श्रेष्ठ र माता शिवलक्ष्मी श्रेष्ठको सन्तानका रुपमा २००१ सालमा जन्मिएका सरस्वती पुत्र हुन ।

प्रस्तुति :मनोज थापा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij