२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआईडिसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा गाभिने

एनआईडिसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा गाभिने

1.7K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/ एनआईडिसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा गाभिने भएको छ । सोमबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा एनआईडिसी डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्ने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डे र एनआईडिसी डेभलपमेन्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष एवं अर्थ मन्त्रालयका सह सचिव बैकुण्ठ अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
गत माघ १४ गते मन्त्रीपरिषदको बैंठकले गाभ्ने निर्णय गरेको थियो ।  दुबै बैंकको साधारणसभाले गाभ्ने÷गाभिने प्रस्ताब पारीत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij