
अर्थ नेपाल काठमाडौं /बिमा समितिबाट नयाँ तीनवटा जीवन बिमा कम्पनीहरूले सञ्चालन अनुमति लिएका छन् । शुक्रबार सिटिजन्स लाइफ, स्टार लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले लाइसेन्स लिएको समितिले जनाएको छ । नेपालमा लाइसेन्स प्राप्त जीवन बिमा कम्पनीको संख्या १८ पुगेको छ ।
अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका १० नयाँ जीवन बिमा कम्पनीमध्ये नौ वटा कम्पनीहरूले पुँजी कायम गरी लाइसेन्स लिइसकेका छन् । यसमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वाधार तयार पारी भदौ १ गतेदेखि नै कारोबार समेत सुरु गरिसकेको छ । तर, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भने अहिलेसम्म पुँजी पुर्याउन सकेको छैन । उसलाई ४५ दिनको समय विमा समितिले दिएको छ ।
गत चैत ३१ मा बिमा समितिले नयाँ विमा कम्पनीहरूको लागि लाइसेन्स खुल्ला गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij