२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल साँस्कृतिक कला मन्दिरद्धारा विभिन्न व्यक्तित्वलाई सम्मान

नेपाल साँस्कृतिक कला मन्दिरद्धारा विभिन्न व्यक्तित्वलाई सम्मान

2.2K
Shares


अर्थ नेपाल काठमाडौं/नेपाल साँस्कृतिक कला मन्दिर मच्छेगाउँले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नेपाली भाषा साहित्य, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र राष्ट्रिय जीवनको उत्थानका खातिर सहयोग पुर्याएको भन्दै कला मन्दिरले आफ्नो १६औं वार्षिक उत्सवमा सम्मान गरेको हो ।
चन्द्रागिरी–९, मच्छेगाउँमा भाद्र ९ र १०मा दोस्रो लाखे नाच महोत्सव तथा साँस्कृतिक सम्मानमा नायक निखिल उप्रेती, चलचित्र वितरक गोपाल कायस्थ र सङ्गीतकार बसन्त सापकोटा, बरिष्ठ कलाकार रुपा राना, उत्तम केसी, नृत्य निर्देशक कमल राई, कविराज गहतराज, गायिका सहिमा श्रेष्ठ, सञ्चारकर्मी कृष्ण भुसाल, सानुकाजी श्रेष्ठ, निमेस गौतम, गीता अधिकारीलगायतका सम्मानित भएका छन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी. सभासद विनोद श्रेष्ठ, चन्द्रगिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरी, संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक रमेश शाहीले सम्मान गरेका हुन् ।
विभिन्न गायक(गायिकाले साङ्गीतिक प्रस्तुति पनि दिएको सो कार्यक्रमा अन्य व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न १२ जिल्लाका ४० टोली लाखें नाच प्रस्तुत गरेका थिए । ‘नेवार समुदायको परम्परागत नृत्य लाखें नाच संरक्षण तथा प्रचारका लागि यो कार्यक्रमको आयोजना गरिएको हो’, अध्यक्ष रमेश शाहीले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij