२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अवकास पछिको जीवन

अवकास पछिको जीवन

3K
Shares

केशवराज राजभण्डारी

पूर्व प्रशासक

केशवराज राजभण्डारीले लामो समय राष्ट्रसेवकका रुपमा विताए । बुटवलमा जिन्मएर पोखरामा आफ्नो बाल्यकाल बिताए । उनले मल्टिप्रपोज स्कुलबाट एसएलसी उत्तिण गरे । त्रिविबाट अर्थशास्त्रमा एमए गरेका उनले जीवनका धेरै उकाली–ओराली र संघर्षहरु व्यहारेका छन् ।
जीवनको पाइला चालेदेखी नै अप्ठ्याराहरु आइपर्ने र त्यसलाई छिचोलेर नै सफल भइन्छ भन्ने मान्यता उनको छ । जीवनमा देखेका हरेक सपनाहरु पुरा हुन्छन भन्ने अनिवार्यता छैन् ।
सरकारी सेवालाई उनले सार्वजनिक सेवाका रुपमा बुझेका छन् । त्यसैले यो सेवामा आउनेले जनताको सेवा गर्छु भन्ने भावना बोेकेर आउनु पर्ने उनको भनाई छ । त्यस्तो सोच भएको व्यक्तिले मात्र देश र जनताको मन जित्न सक्ने उनको भनाई छ । उनको सुझाव छ – ‘राष्ट्र सेवकले स्वार्थ भन्दा माथि उठेर काम गर्न सक्नु पर्दछ । जनताको स्वार्थ सबै भन्दा ठुलो हो ।’
निजामति सेवाको उच्च तहको प्रशासक हुँदै प्रमुख निर्वाचन आयुक्तसम्म बनेका राजभण्डारीलाई गीतसंगित प्रति रुची छ । २०५६ सालमा उनले केशव–सुष्मा भजन गुठी नै स्थापना गरेका छन् । १३ वटा भजन एल्वम निष्कीएका छन् भने थुप्रै आधुनिक र राष्ट्रिय गीतहरु रेकर्ड भएका छन् । २०२२ सालमा शाखा अधिकृतका रुपमा भूमि सुधार मन्त्रालयबाट सेवा सुरु गरेका राजभण्डारीले देशका विभिन्न ठाउँहरुमा सेवा गरेका छन् । प्रमुख जिल्ला अधिकारीका रुपमा पनि काम गरे । विभिन्न जिल्लामा बस्दा गरेका राम्रा कामले उनलाई सन्तुष्टि दिएको छ । निजामति सेवामा सचिव हुँदै मुख्य सचिवको जिम्मेवारी समेत सम्हाले । २०६० सालमा प्रमुख निर्वाचन आयुक्त बने ।
उनी आफुले गरेको काम प्रति सन्तुष्टी व्यक्त गर्दछन् । सिमित स्रोत र साधनका बिच गरिएका कामले उनलाई सन्तुष्टी दिएको हो । विभिन्न जिल्लामा रहेर काम गर्दा जनताका दुःख कष्टलाई उनले नजिकबाट निहाल्ने मौका पाए ।
आफु प्रशासक भएको समयमा २०४५ सालमा भारतले नेपाल माथि नाकाबन्दी लगाएको र आफुहरुले त्यसलाई सामना गर्न गरेको कामको उनलाई अहिले पनि सम्झना छ । निर्वाचन आयोगमा रहेर गरेका कतिपय कामले पनि उनलाई सन्तुष्टि दिन्छ ।
जीवनलाई प्रकृतिले दिएको सुन्दर उपहार मानेका छन् । सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने मान्यता उनको छ । २०५५ सालमा सुष्मासंग विवाह बन्धनमा बाँधिएका राजभण्डारीका दुई छोरा र एक छोरी छन् । पारिवारिक रुपमा पूर्ण सन्तुष्ट राजभण्डारी साधारण जीवन रुचाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij