२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राजनीतिक स्थिरता भयो भने पर्यटन विकास हुन्छ

राजनीतिक स्थिरता भयो भने पर्यटन विकास हुन्छ

3.1K
Shares

नेपालमा उच्च हिमश्रृंखलादेखी समथर भूभाग पनि नेपालमा नै रहेको छ । हिमाल, पहाड र तराईको संगम रहेको नेपालमा धार्मिक एंव सांकृतिक पर्यटनको लागि उपयुक्त गन्तब्य हो । नेपालमा पर्यटनको व्यवसाय पछिल्लो समय देशको आम्दानीको महत्वपूर्ण अंश बन्न पुगेको छ । हामीसंग भएको स्रोत र साधनको प्रयोग गर्ने हो भने पनि नेपालको आर्थिक वृद्धिदर धेरै हुने थियो भने देशमा रोजगारीको अवसर बढ्ने थियो । नेपालमा पर्यटन सम्बन्धी व्यवसाय गरिरहेका शीन हारु ट्रेक एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक मौसम गुरुङसंग यस क्षेत्रको विभिन्न पक्षसंग रहेर अर्थ नेपाल डट कमका लागि मनोज थापाले गरेको कुराकानी

 तपाईको कम्पनिको बारेमा भन्दिनुस् न ?

आठ वर्ष पर्यटन कै क्षेत्रमा काम गरिसके पछि सन् २०१० बाट आफ्नै कम्पनि शिन हारु टे«क्स एण्ड एक्सपिडिसन खोलेको हुँ ।

अहिले तपाईहरुले के–के सेवा दिइरहनु भएको छ ?

ट्रेकिङ, ¥याफ्टिङ, टिकेटिङ, जंगल सफारी, एक्सपिडिसन, होटल सिर्जभ लगायतका सेवाहरु दिइरहेका छौं । म आफै पनि जापान बसेर आएको हुँदा विशेष गरी जापानीज पर्यटकहरुलाई लक्षित गरेर काम गरिरहेका छौं ।

व्यवसाय गर्दा कतिको समस्या छन्  ?

व्यवसायमा प्रतिस्पर्धा बढेको छ ।  देशमा राजनीतिक अस्थीरता, यातायात दुर्घटनाले पनि नेपालमा पर्यटकहरु आउन  डराइरहेका छन् ।  नेपालमा हुने चक्जा जाम, हड्ताल जस्ता कुराले पर्यटकहरुले दुःख पाउँदा उनीहरु नेपालमा आउन कमि भएको छ ।

नेपालमा राजनीतिक अस्थिरता  भएकाले पर्यटन क्षेत्रमा समस्या आएको हो ?

हो । यदि देशमा शान्ति र स्थायीत्व हुने हो भने नेपालमा पर्यटकहरु आउँछन् । नेपाल आउने चाहने पर्यटकहरु धेरै छन् । हामीले सेवा गरेर भ्याउँदैनौ होला । विश्वमा नेपाल घुम्न आउन चाहनेको संख्या धेरै छन् ।

नेपालमा पर्यटक आउने वातावरण बनाउनका लागि सरकार र पर्यटन व्यवसायीहरुले के गर्नु पर्छ  ?

पर्यटन व्यवसायीले पर्यटक ल्याउनका लागि विभिन्न कार्यक्रम गरेर जसरी पनि नेपालमा पर्यटक ल्याउनु पर्दछ भनेर लागि रहनु भएको छ । तर जब सिजन लाग्छ  तब नेपालमा विभिन्न राजनीतिक समस्याका कुराको समाचार उता पुग्छ अनि पर्यटक नै आउँदैनन् ।

सरकारले त्यस कुरामा ध्यान दिने हो भने पर्यटन क्षेत्रमा धेरै राम्रो हुन्थ्यो । सरकारले पर्यटन वर्ष भनेर नै घोषणा गरेको थियो, त्यो कति उपलब्धी मुलक रह्यो ?
केहि हदसम्म उपयोगी रह्यो । मुख्य समस्या भनेको राजनीतिक अस्थिरताका बिचमा हुने बन्द, हड्ताल, चक्काजाम जस्ता समस्या नै हुन । सडकको समस्या पनि छ ।

हामीले देशमा भएको स्रोत साधनलाई प्रयोग गरेर कतिको लाभ लिन सकेका छौं ?

नेपालमा प्राकृतिक स्रोत साधन भएको ठाउँ  धेरै छन् । त्यी ठाउँको खोजी गर्नु पर्छ  । त्यहाँ पुग्ने सडक यातायात पु¥याउनु पर्दछ, जसले गर्दा उनीहरुलाई जान सजिलो होस । हुनत अहिले भइरहेको ठाउँमा त पर्यटक पु¥याउन सकिएको छैन् ।

भावि योजना ?
अब ट्राभल्स व्यवसायसगैं रिर्सोट सञ्चालन गर्ने तयारी गरिरहेको छु ।

अन्त्यमा ?

नेपालमा पर्यटन क्षेत्रको विकासको लागि सबै जना एक भएर लाग्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij