२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ललितपुरमा ट्रायम्फकाे नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

ललितपुरमा ट्रायम्फकाे नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

1.2K
Shares

ललितपुर – काठमाडौं उपत्यकाभित्र आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै ट्रायम्फ मोटरसाइकल्स नेपालले ललितपुरमा नयाँ आधिकारिक ट्रायम्फ 3S सुविधा – बिक्री, सेवा, र स्पेयर पार्ट्स सञ्चालनमा ल्याएको छ। मीनभवन, ललितपुरमा अवस्थित यो सुविधा बाइकर डिपो प्रा.लि. द्वारा सञ्चालन गरिएको हो ।

हाल यस केन्द्रमा सेवा, र स्पेयर पार्ट्स सेवा पूर्ण रूपमा सञ्चालनमा छन् भने बिक्री शोरूम चाँडै नै सञ्चालनमा आउने तयारीमा रहेको छ। शोरूम सञ्चालनमा आएपछि ललितपुरका ट्रायम्फ राइडरका लागि पूर्ण थ्रिएस अनुभव उपलब्ध हुनेछ।

ललितपुरस्थित याे सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, मोटरसाइकल मर्मतका लागि व्यवस्थित क्षेत्र (वर्क बे) तथा कम्पनीद्वारा स्वीकृत उपकरणहरूले सुसज्जित छ। यहाँ गरिने सम्पूर्ण मर्मत तथा प्राविधिक जाँच कार्य प्रशिक्षित प्राविधिकहरूद्वारा विश्वव्यापी सर्भिस मापदण्डअनुसार गरिन्छ, जसले हरेक प्रक्रियामा एक्युरेसी, रिलायबिलिटी र कन्सिस्टेन्सी सुनिश्चित गर्दछ।

यस केन्द्रमार्फत जेनुइन ट्रायम्फ स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध हुने भएकाले मोटरसाइकलको उत्कृष्ट पर्फाेमेन्स, सुरक्षा र दीर्घकालीन विश्वसनीयता सुनिश्चित कायम रहन्छ। यसले ग्राहकहरूलाई आफ्नो मोटरसाइकल उचित मापदण्डअनुसार नै मर्मत भइरहेको छ भन्ने विश्वास दिलाउँछ।

ललितपुर सर्भिस सेन्टरमा उपलब्ध थ्रिएस सुविधा ट्रायम्फ नेपालको आफ्टर–सेल्स सेवा र ओनरशिप अनुभवलाई अझै बलियाे बनाउने महत्त्वपूर्ण कदम हाे। बिक्री शोरूम सञ्चालनमा आएपछि, ग्राहकहरूले एउटै छानामुनि ट्रायम्फका विभिन्न मोडेलहरू अवलोकन र खरिद गर्न सक्नेछन्।

यस विस्तारसँगै ट्रायम्फ नेपालले आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij