२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २४औँ वार्षिक साधारण सभा सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २४औँ वार्षिक साधारण सभा सम्पन्न

1.3K
Shares

काठमाडाैं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २४औँ वार्षिक साधारण सभा संस्थाको प्रधान कार्यालय, गुहेश्वरी भवन, पुल्चोक, ललितपुरमा बुधबार सम्पन्न भएको छ। अध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ। सभामा वित्तीय अवस्था, व्यवसाय विस्तार तथा सेवाको गुणस्तर अभिवृद्धिका विषयमा समेत छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij