२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रोग्रेशिभ फाइनान्सको २९औँ वार्षिक साधारण सभा सम्पन्न

प्रोग्रेशिभ फाइनान्सको २९औँ वार्षिक साधारण सभा सम्पन्न

1.1K
Shares

काठमाडाैं – प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। सभाले विभिन्न महत्वपूर्ण आर्थिक तथा नीतिगत निर्णयहरू पारित गर्दै संस्थाको भावी कार्यदिशा स्पष्ट गरेको छ।

संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महर्जनले गत आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा उपलब्धिहरूको जानकारी गराउनुका साथै चालू तथा आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने योजना र रणनीतिहरूबारे प्रकाश पारे।

सभामा शेयरधनीहरूले उठाएका प्रश्न तथा जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष महर्जनले पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएका चुनौतीहरूका कारण अपेक्षित रूपमा व्यवसाय विस्तार हुन नसकेको स्वीकार गर्नुभयो। तथापि, अनुपालना, व्यवसायिक गुणस्तर अभिवृद्धि, वित्तीय सुशासन र जोखिम व्यवस्थापनका क्षेत्रमा संस्थाले उल्लेखनीय प्रगति हासिल गरेको उनले बताए । साथै, शेयरधनीहरूबाट प्राप्त सुझावप्रति आभार व्यक्त गर्दै ती सुझावहरूलाई आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा सम्पूर्ण अनुसूचीहरू सहितको वित्तीय विवरण छलफलपछि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको रूपमा डी।जी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij