२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको १२ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको १२ औं वार्षिक साधारण सभा सम्पन्न

945
Shares

काठमाडौँ– नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।

सभामा माननीय संरक्षक श्री राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । एनआईसिसिआईका अध्यक्ष श्री संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु¥याउँदै आएको सहयोगको महत्व उल्लेख गर्नुभयो ।
वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि श्री संजय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ, जसले उहाँको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ । सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि एनआईसिसिआईका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा एनआईसिसिआई को भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रमका क्रममा श्री भिनोद सग्तानीलाई ‘Member of the Year 2025’ को सम्मान प्रदान गरियो भने श्री कल्याण सिलवाललाई ‘NICCI CSR Community 2025 Award’ प्रदान गरियो ।
नेपाल र इटालीबीच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजिकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij