काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २८ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मुल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाला सुनको मुल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २१० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४९ सय ९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij