२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सालपा विकास बैंकको आईपीओ बाँडफाँट

सालपा विकास बैंकको आईपीओ बाँडफाँट

1.4K
Shares

काठमाडौं–  सालपा विकास बैंक लिमिटेडको पुस २५ गते, शुक्रबार आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।

बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेयर रहेको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। ९ जना आवेदकले बैंकको थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij