२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ईक्यान अध्यक्षमा भुसाल र पौडेलको उम्मेद्‌वारी, कुन प्यानलमा को–को?

ईक्यान अध्यक्षमा भुसाल र पौडेलको उम्मेद्‌वारी, कुन प्यानलमा को–को?

1.5K
Shares

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्वका लागि दिपकराज भुसाल र एन्ड्र्यु पौडेल (लक्ष्मण) को प्यानलबीच दौडधूप शुरू भएको छ। यही पुस २८ गते हुने बीसौं साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्वको चयन गरिने भएपछि दौडधूप शुरू भएको हो।

हालका प्रथम उपाध्यक्ष पौडेल र भुसाल अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

भुसाल प्यानलबाट उपाध्यक्षमा मञ्जित ढकाल, विकल्प राज पोखरेल र रत्न भट्टराई महासचिवमा भवनाथ हुमागाईं रहेको छन्। सचिवमा अशिक कार्की र सुरज सिलवाल, कोषाध्यक्षमा उमा खड्का पाठक र सहकोषाध्यक्षमा गोविन्द खनाल रहेका छन्। सदस्यहरूमा अनन्तराज घिमिरे, असोक कुमार हाथी, प्रकाश रिजाल, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमल प्रसाद तिमल्सिना र बसन्त पाण्डे रहेका छन्।

यता एन्ड्र्यु प्यानलबाट उपाध्यक्षमा वासुदेव दाहाल, पुष्पराज भट्टराई र गीता शिवाकोटीले उम्मेदवारी दिएका छन्। महासचिवमा नवराज केसी, सचिवमा एलबी गोले तामाङ र भुपाल केसी, कोषाध्यक्षमा साधना पुडासैनी र सहकोषाध्यक्षमा भीमबहादुर थापा उम्मेदवार रहेका छन्। त्यसैगरी सदस्यहरूमा दिनेश पौडेल, भेषराज राया, प्रभात पौडेल र शिव प्रसाद अर्याल रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij