२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६० हजार ७३९.७२ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात माघ २१ गतेभित्र आवश्यक कागजातसहित काठमाडौँको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिसम्ममा उक्त शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर खरिद प्रक्रिया अघि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij