काठमाडौं– १४ कम्पनीको लाभांश सुरक्षित गर्ने पुस १७ गते अन्तिम दिन रहेको छ। आज स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड, अरुण भ्याली हाइड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड, मेरा माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, अपि पावर लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेड, कालिका पावर लिमिटेड, हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
१४ कम्पनीहरुमध्ये नेपाल दूरसञ्चार र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुस २० गते, आइतबार बुकक्लोज गर्दैछन् भने बाँकी १२ कम्पनीहरुले भोली अर्थात पुस १८ गते, बुकक्लोज गर्दैछन्।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij