२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक कृषि कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा एक कृषि कम्पनीको बोनस शेयर सूचीकृत

1.1K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । आज सोमबार कम्पनीको ८ प्रतिशतले हुन आउने ५ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको हो।

यो कम्पनीले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट वितरण गरेको बोनस शेयर हो। कम्पनीको गत कार्तिक २१ गते सम्पन्न साधारणसभाले बोनस शेयर पारित गरेको थियो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij