२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफ क्यापिटलले म्युचुअल फण्ड योजना संचालनको पायो अनुमति

नेपाल लाइफ क्यापिटलले म्युचुअल फण्ड योजना संचालनको पायो अनुमति

1.5K
Shares

काठमाडौंं– नेपाल लाइफ क्यापिटलले सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस १३ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीलेनेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि नेपाल लाइफ समृद्धि लगानी योजना नामको बन्दमुखी योजनाको इकाई निष्काशन गर्ने छ।

यस फण्डको आकार १ अर्ब ६० करोड रुपैयाँको रहेको छ । जसमा प्रति इकाई १० रुपैयाँको दरले १६ करोड इकाई निष्काशन हुने छ । यो नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड हुनेछ ।

नेपाल लाइफ क्यापिटल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij