२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सूर्यकुण्ड हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

आज सूर्यकुण्ड हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

1.7K
Shares

काठमाडौं– सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले पुस ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६८ हजार ९ सय ६७ कित्ता शेयर निष्काशन गरेको हो।

यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।

यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij