काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.५५ अकंले बढेर २६३३.४२ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.६६ प्रतिशत, विकास बैंक समूहको २.२८ प्रतिशत, फाइनान्स समूहको २.७० प्रतिशत, होटल तथा पर्यटन समूहको १.३८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइतबार २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६० लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij