काठमाडौं– नेपाली बजारमा पुस ९ गते सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो नै हालसम्मको उच्च मूल्य हो । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारको बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर रेकर्ड बनाएको हो । आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij