काठमाडौं -ग्रीन भेन्चर्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्न पुस ३० गते काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे सातौं वार्षिक साधारणसभा डाकेको छ।
सभाले कालीगण्डकी गर्ज हाइड्रोपावरमा लगानी गर्न १ः१ को अनुपातमा ३ करोड ४३ लाख ७५ हजार कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij