२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल माईक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेशनल माईक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा

1.6K
Shares

काठमाडौं– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको संस्थाको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि १ लाख ७ हजार ४८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन धादिङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

उक्त अवधिभित्र कुनै आवेदन नआएमा संस्थापक सेयरधनी बाहेकका सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij