२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

४ कम्पनीको शेयरमूल्य समायोजन

४ कम्पनीको शेयरमूल्य समायोजन

1.4K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले यस दिन महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको ५–५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात महालक्ष्मीको शेयरमूल्य ३६५ रुपैयाँ ७१ पैसा कायम भएको छ भने नेपाल लाइफ को ७७८ रुपैयाँ ५७ पैसा, सिंगटीको २७१ रुपैयाँ ४३ पैसा र नेपाल हाइड्रोको ६६९ रुपैयाँ ६३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। आइतबार दोस्रो बजारमा महालक्ष्मीको शेयर प्रतिकित्ता ३८४ रुपैयाँ, नेपाल लाइफको ८१७ रुपैयाँ ५० पैसा, सिंगटीको २८५ रुपैयाँ र नेपाल हाइड्रो को ७२९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij