२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन

नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३९६ रुपैयाँ ६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४११ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij