२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दि ओरिएण्टल इन्स्योरेन्सद्धारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग

दि ओरिएण्टल इन्स्योरेन्सद्धारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग

1.6K
Shares

काठमाडौँ – भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ योगदान गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा सहयोग उपलब्ध गराएको हो। योगदानस्वरूपको २० लाख रुपैयाँ बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले आज पुष ३ गते बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन्।

कोषमा पुर्‍याएको योगदानप्रति नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij