काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बैठकले गत आर्थिक वर्षको विरतणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij