२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा

स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा

1.4K
Shares

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले पुस २५ गते, शुक्रबार, लिसारा रिसेप्सन, नक्सालमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले हाल कायम संस्थापक शेयरमध्ये ९ प्रतिशतविन्दुले हुन आउन संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा अन्य उपयुक्त लघुवित्तसंग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा भएको स्वतन्त्र सञ्चालक र प्रतिनिधि सञ्चालकको नियुक्ति सम्बन्धि जानकारी गराउने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij