२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कपन जेसीसको अध्यक्षमा जेसी दिपक थापा निर्वाचित

कपन जेसीसको अध्यक्षमा जेसी दिपक थापा निर्वाचित

1.7K
Shares

काठमाडौं– कपन जेसिसको वर्ष २०२६ को अध्यक्षमा जेसी दिपक थापा निर्वाचित भएका छन् । १५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट थापा र्निविरोध अध्यक्षमा चयन भएका हुन । वर्ष २०२६ का लागि कार्यकारिणी उपाध्यक्षमा जेसी उमेश सेन्चुरी र जेसी रामकुमार महतो चयन भएका छन् । महासचिवमा जेसी उत्तम कुमार खड्का, कोषाध्यक्षमा जेसी दिपक खत्री चयन भएका छन् । त्यसैगरी उपाध्यक्षहरुमा जेसी मनोज थापा, जेसी पुरुषोत्तम कडेल, जेसी वाङ छिरिङ भोटे, जेसी गणेश उपाध्याय, जीएलसीमा विश्वबल्लव नेपाल चयन भएका छन् । सहसचिवमा जेसी डिनेल भोटे, सहकोषाध्यक्षमा जेसी गेचाव भोटे चयन भएका छन् । त्यसैगरी ट्रेनिङ निर्देशकमा जेसी आकाश लिङ्बो, कार्यक्रम निर्देशकमा श्रीवास्तव तिमल्सिना, फण्ड राइजिङ निर्देशकमा मिलन भोटे चयन भएका छन् ।

कपनको जोशेफ स्कुलमा आइतबार भएको अधिवेशनले वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरेको हो । जेवी दिपक अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
नव निर्वाचित अध्यक्ष थापाले सबैको साथ सहयोगले युवा लक्षित उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij