काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अकंले बढेर २५०१.६१ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन पाँच उपसूचक राताम्य भएको छ भने ८ उपसूचकमा हरियाली आएको छ । फाइनान्स समूहको शेयर सर्वाधिक ०.९० प्रतिशतले बढेको हो । सोमबार १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
। आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij