काठमाडौं– नेपाली बजारमा मंसिर २९ गते, सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य १ हजार ९०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ४५ रुपैयाँ बढेर ३ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij