२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोल्यान ग्रुपमा नेतृत्व परिवर्तनः ३७ वर्षीय अक्षय गोल्यान नयाँ अध्यक्ष

गोल्यान ग्रुपमा नेतृत्व परिवर्तनः ३७ वर्षीय अक्षय गोल्यान नयाँ अध्यक्ष

1.6K
Shares

काठमाडौं -गोल्यान ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्यान नियुक्त भएका छन्। ९ वर्षदेखि प्रबन्ध निर्देशकका रूपमा ग्रुप सञ्चालन गर्दै आएका उनले अब अध्यक्ष तथा प्रबन्ध निर्देशक दुवै जिम्मेवारी वहन गर्नेछन्।

वार्षिक उत्सवका क्रममा उपाध्यक्ष बासुदेव गोल्यानले नयाँ नेतृत्वको घोषणा गरेका हुन्। अक्षयले स्पेनको शीर्ष विश्वविद्यालयबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका छन्।

गोल्यान ग्रुपले ६ दशकदेखि उत्पादन, ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा कारोबार गर्दै आएको छ भने करिब १० हजार कर्मचारी तथा ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको छ।

सञ्चालक समितिले संस्थापक अध्यक्ष पवन गोल्यानलाई ‘सम्मानित अध्यक्ष’ तथा प्रमुख संरक्षकको भूमिकामा सम्मान गरेको छ। नयाँ अध्यक्ष अक्षयले ग्रुपलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी संगठनका रूपमा रूपान्तरण गर्दै नवप्रवर्तन, दिगोपन र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij