काठमाडौं–गोर्खाज हिमालयन हाइड्रोले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस १९ गते बोलाएको साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको हो।
कम्पनीले जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आईपीओ निष्काशनको लागि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजादै छ।
यस कम्पनीले सोलुखुम्बु जिल्लामा ५.८७ मेगावाट क्षमताको अपर जुनीवेसी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij