२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

995
Shares

काठमाडौं-  घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम मंसिर २५ गते, बिहीबार दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले पुस १४ गते, सोमबार, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हाल कायम रहेको चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट कायम हुने सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij