२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइड रिसोर्टमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइड रिसोर्टमा छुट

1.6K
Shares

काठमाडौं– सिद्धार्थ बैंकका ग्राहकले चम्पादेबी हिलसाइड रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र रिसोर्ट बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।

सम्झौता अनुसार रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै एसबिएलएनपिएल टिकट होल्डर्सहरूका लागि रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ जस अन्तर्गत एसबिएलएनपिएल टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij