राष्ट्रपुकार काठमाडौं /नेपाल अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आगामी भदौ १३ गतेवाट १८ गतेसम्म नाडा अटो शो हुने भएका छ ।
नाडा अटो शोमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे सवारीका साथै बैंक तथा वित्तिय संस्था, सावरी सम्वन्धित स्पेयर पार्टस, लुव्रिकेन्टस कम्पनी लगायतको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । अटो शोमा १६ वटा चार पाङ्ग्रे कम्पनी, १९ वटा दुई पाङ्ग्रे कमर्सियल सवारीका ६ वटा स्टल रहने जनाइएको छ ।
त्यस्तै ८ वटा वाणिज्य बैंक, १ बीमा कम्पनी, ३३ स्पेय पार्टस तथा लुव्रिकेन्टसहरुको स्टल रहने जनाइएको छ । अहिलेसम्म ८३ कम्पनीले सहभागिता जनाउने पक्का पक्की भएको आयोजक अटोमोवाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij