राष्ट्रपुकार/ काठमाडौं गैरआवासीय नेपाली संघ अमेरिकाको आगामी अगस्ट ११ र १२ मा निर्बाचन हुने भएको छ । अमेरिकामा २ लाखको हाराहारीमा नेपाली रहेका छन् जस मध्ये १७४८२ सदस्य दर्ता गरेकोमा छानविन गर्दा प्रक्रियागत कमजोरीको कारणले ३००० सदस्यहरुलार्इ समितिले कटौती गरेको थियो । हाल कुल १४४८२ सदस्यले निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । अमेरिकाको एनआरएनमा अहिले सम्मकै सबै भन्दा ठुलो निर्बाचनको रुपमा लिएको छ ।
केन्द्रिय २५ जना बोर्ड कमिटि ८ जना आइसीसी मेम्बर र २५ राज्य समिति गरेर लगबग २१० जना भन्दा बडीले उम्मेदवारी दिएको छ निर्बाचन समितिले जुलाई ४ बाट जुलाई ८ सम्मको सूचना जारी गरि उम्मेदवारी दर्ता तोकेकोमा जुलाई ४ मा अमेरिकाको स्वतन्त्र दिवसबाट जम्मा ४ दिनको छोटो समयमा पनि उम्मेदवारी सुल्क बैंकमा डिपोजिट गर्नु पर्ने हरेक कागजातलाइ नोटरी गर्नुपर्ने जस्ता समस्याहरुको वास्ता नगरी यत्ति ठुलो संख्यामा उम्मेदवारहरुले आ–आफ्नो पदमा उम्मेदवार दिएको छ हालसम्म पाँचँ जना अध्यक्षहरुले आफ्नो उम्मेदवारी दिएको छ ।
अध्यक्षमा रबिना थापा, गौरी जोशी र केशब पौडेलको प्रतिस्पर्धा हुने देखिएको छ । केशब पौडेल १५ र १७ को अध्यक्ष हुन भने रबिना थापा बर्तमान उपाध्यक्ष र गौरी जोशी चिरपरिचित टेक्सास निबासी ब्यवसायी तथा समाजसेवी हुन् । वरिस्ठ उपाध्यक्षमा न्यु योर्क राज्यको तेम्पा शेर्पा सुनिल शाह गजेन्द्र अर्यालले उम्मेदवारी दिएको छन् ।
उपाध्यक्षहरु सबैभन्दा बढी मतदाता रहेको न्यु योर्क टेक्सास र क्यालिफोर्नियाका चर्चित अनुहारहरुको ठुलो प्रतिस्धा हुने देखिएको छ । हालसम्म सबैभन्दा लोकप्रिय उपाध्यक्षमा टेक्सासको चिरपरिचित समाजसेवी भुवन आचार्य र न्यु योर्कको सुमन बुढामगर जित्ने पक्का पक्कि रहेको त्यहाँ रहेका नेपालीहरु बताउँछन् । सुमन बुढामगर चर्चित गायक भएकोले सबै राज्यहरुमा संस्कृतिक कार्यक्रमहरुमा बाक्लो उपस्थिति जनाउने र न्यु योर्कको चिरपरिचित समाजसेवी ब्यवसायी तथा नेपाली अमेरिकन कलाकार संघको केन्द्रिय अध्यक्ष सुमनलार्इ लोकप्रिय मत प्राप्त हुने अनुमान गरिएको छ ।
अहिलेसम्म १३ जना उपाध्यक्षहरु निर्बाचनको मैदानमा रहेका छन् ।
महासचिवमा बाबुराम लामा केशब पौडेल समुह महेश मल्ल रबिना थापा समुह पूर्ण बानिया गौरी जोशी समुहबाट निर्बाचन लड्ने भएका छन् । भने सुर्य लम्साललाइ केशब पौडेल समुह वा कुन समूहको भनेर खुलेको छैन् ।
११ जना बोर्डसदस्यहरुमा अहिले सम्म ५० जना भन्दा बढिले उम्मेदवारी दिएका छन् । बोर्डसदस्यहरुमा चर्चित समाजसेवीहरु रहेको छ । प्रबासी नेपाली समाजको निबर्तमान अध्यक्ष संजय थापा, म्याग्दी समाजको अध्यक्ष भविन्द्र सेर्पुजा मगर, टेकसास निवासी युवा व्यबसायी तथा समाजसेवी प्रोपराईटर सूब्रन पोखरेल, गोर्खा समाज अमेरिकाको उपाध्यक्ष खेम भट्ट, अमेरिकाका खेलाडीहरुको सस्था सपोर्ट अशोशिय्शनको अध्यक्ष मोहन वाइवा, क्यालिफोर्नियाको चिरपरिचित तेक्बन्दो खेलाडी कर्ण चन्द, पुस्पलता भण्डारी, प्रकाश शर्मा, समाजसेवी निमा गेलजी शेर्पा, शर्बेन्द्र थापा लगायत गायिका संगीता मुखिया, कलाकार बिन्दु सापकोटा, गोपेन्द्र भट्टराई डाक्टर अर्जुन बंजाड़े, टेकसास नेपाली समाजको अध्यक्ष कृष्ण लामीछाने लगायत गरी ३३ जनाले उम्मेदवारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij