राष्ट्रपुकार लहान /प्रहरीले सदरमुकाम सिरहाबाट आफ्नै पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।
सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको धारिलो हतियार प्रहार गरी गत जेठ १७ गते हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा शत्रुघ्न यादवकी कान्छी श्रीमती २५ वर्षीया शुभकलादेवी र सिरहा नगरपालिका– १९ का ५५ वर्षीय रामचरित्र ठाकुरको संलग्नता पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटना लगत्तैदेखि दुवै जना फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका–७ हेमनारायण चोक नजिकैबाट पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij