राष्ट्रपुकार काठमाडौं/ एएनपी मिडिया हाउसद्धारा आयोजित विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मसेस नेपाल आइकन २०१७ को उपाधी भक्तपुरको कौशलटारकी वर्षा कार्कीले जितेकी छिन् । टीयुअन्र्तगतको वातावरण विज्ञानमा अध्ययनरत तथा ५ वर्षदेखि संयुक्त अपाङ्ग अवास केन्द्रमा स्वयमसेवीको रुपमा कार्यरत रहकी कार्की मिसेस नेपाल आइकन २०१७ भएकी छिन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आईतबार सम्पन्न प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको निर्णायक प्रश्न यदि तपाई एक हप्ताको लागि यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नु भयो भने देशलाई कसरी अगाडि बढाउनुहुन्छ भन्ने प्रश्नमा गहकिलो उत्तर दिँदै वर्षा चौथो संस्करणको मिसेस नेपाल आईकन २०१७ भएकी हुन् । वर्षाले भनिन्छ यदि तपाई राजनैतिक भाषणमा केहि चाहनु हुन्छ भने कुनै पुरुषलाई जिम्मेवारी दिनुस्। तर, यदि तपाई कुनै पनि कार्य पूर्ण भएको चहानुहुन्छ भने कुनै महिलालाई जिम्मेवरी दिनुस्। त्यसैले यदि म एक हप्ताको लागि प्रधानमन्त्री भएँ भने सर्वप्रथम शिक्षालाई निःशुल्क गर्थें। किनकी शिक्षा मानिसको आधारभूत अधिकार हो। त्यसपछि म घरेलु तथा साना व्यवसयकर्तालाई करमा राहत दिई प्रोत्सान दिन्थें र लैङ्गीक विभेदका बिरुद्ध अभियान चलाउँथें। सँगै, देशको हरेक कुना काप्चामा यथासंभव हरेक उपायले सामाजिक तथा आर्थिक रुपमा हरेक नागरिकको विकासको लागि जोड दिने थिएँ भन्ने उत्तर दिएर निर्णायकहरुका साथ दर्शकको मन जिती उपाधि हासिल गरेकी हुन्। वर्षा मिसेस नेपाल आइकन २०१७ का साथ बेष्ट स्पीच र बेष्ट परफरमेन्स उपउपाधिको विजेता पनि भइन् । विभिन्न ३० पेशाकर्मी र गृहिणीका बिच भएको अन्तिम स्पर्धामा जयन्ती श्रेष्ठ उप्रेती फष्ट रनर्सअपका साथ बेष्ट सिङ्गर, रचना श्रेष्ठ सेकेन्ड रनर्सअपका साथ बेष्ट हेयर, सुमीरा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट कन्फीडेन्ट तथा पार्वती केसी शाही फोर्थ रनर्सअपका साथ बेष्ट पर्सनालिटी भइन् ।
विभिन्न सांगितीक प्रस्तुतिका साथ अगाडि बढाइएको प्रतियोगितामा संगिता भट्टराई दाहाल मष्ट पपुलर र मष्ट फोटोजेनिक, सरीता लामा तामाङ भिवर्स च्वाइस र मिसेस क्याटवक, अप्सरा खड्का अधिकारी व्युटी अफ पर्पस, सुभद्रा मैनाली डंगोल सोसल्ली रेसपोन्सीबल, अन्जना लिम्बु राई मिसेस ट्यालेन्ट, सन्ध्या शाही फेसबुक च्वाईस र बेष्ट आर्टवर्क, आरोही विके दुलाल बेष्ट स्माइल, सोनु मल्ल खाण बेष्ट स्कीन र मष्ट व्युटीफुल, ममता महर्जन श्रेष्ठ बेष्ट डिसिप्लेन, रुपा बास्तोला मष्ट पंचुअल, शिल्पा बस्नेत वेष्ट फिजीक र मष्ट चार्मीङ, सोनी श्रेष्ठ मष्ट फ्रेण्डली, अन्जता केसी कडायत मष्ट कन्जिनियालिटी, श्रृजना शाक्य फेसन आइकन, अस्मीता बयलकोटी बेष्ट फिटनेस, तारा वली मष्ट एक्टीभ, सुजना श्रेष्ठ मष्ट इन्टिलेक्चुअल, लक्ष्मी महर्जन नगरकोटी मेनेजमेन्ट च्वाइस, स्मीती सुब्बा अंगदाम्बे मष्ट पर्फेक्ट, रमा महर्जन मष्ट डिजरभिङ, सबिता पाखरीन सोसल ओलफेयर एम्बेसडर, दिव्या पौडेल मष्ट एक्टििभ, सनिसा राई गुरुङ मष्ट पोजेटिभ एटिट्युड, सुमिन केसी व्युटी युथ रेस्पोन्सिविलिटी र सरला केसी बेष्ट डान्सर भएका थिए ।
अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा अभिनेता सुनिल थापा, अभिनेत्री सञ्चिता लुईटेल, हिसानका अध्यक्ष रमेश सिलवाल, बैंकर अनिता प्रधान, शिक्षासेवी पुर्ण लामा र सरोज प्याकुरेल निर्णायक रहेका थिए ।
तामझामका साथ सम्पन्न कार्यक्रममा रमेशराज भट्टराईले बबाल भो र बेहुला बनाउँछु भन्थ्यौ बहुला बनायौ गीत गाएर माहौल तताएका थिए भने बल्ली डान्स ग्रुपले नृत्य प्रस्तुत गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij