२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज निफ्राको साधारणसभा बस्दै

आज निफ्राको साधारणसभा बस्दै

1.2K
Shares

काठमाडौं – नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सातौं वार्षिक साधारणसभा आज मंसिर २३ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि बस्दैछ।

साधारणसभाले बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिले निर्णय गरेको चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षककको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ बैंकले मंसिर १२ गते एक दिन बुक क्लोज गरिसकेको छ। तसर्थ बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij