२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रहरीद्धारा बत्तीस लाख लुटेर फरार समुह पक्राउ

प्रहरीद्धारा बत्तीस लाख लुटेर फरार समुह पक्राउ

2.2K
Shares

 

राष्ट्रपुकार काठमाडौं /गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धादिङका अञ्जान थापा, सरोज श्रेष्ठ, गोरखाका सिजन अधिकारी, सन्तोष बोहरा, गुल्मीका ज्ञानबहादुर पुरी र बाग्लुङका तारा बोहरा रहेका छन् ।
पक्राउ परेकासँग महाशाखाले रु चार लाख १७ हजार नगद, नक्कली सुनजस्तो धातु र दुई थान मोटरसाइकल बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
यस घटनाका मुख्य योजनाकार भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij