काठमाडौं–नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मूल्य तीन हजार ५५५ निर्धारण भएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६२५ मा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij