काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।
कम्पनीले यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको संस्थापक शेयर तोकिएको समयावधिभित्र आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।
कम्पनीको शेयर प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ रहेको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहति आगामी १५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij