२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्यापिटल म्याक्स सेक्युरिटिजको साधारणसभा आह्वान

क्यापिटल म्याक्स सेक्युरिटिजको साधारणसभा आह्वान

1000
Shares

काठमाडौं-  क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ६२) ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ११ गतेको लागि साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीको चुक्ता पुँजीको २० प्रतिशतका बोनस शेयर र कर प्रयोजनको लागि समेत १०.९ प्रतिशत नगद लाभांश गरि कुल ३०.९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको अधिकृत र जारी पुंजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij